मिर्मिरे लघुवित्तको सेयर बाँडफाँट, ६ जना बने भाग्यमानी



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) आज बाँडफाँट भएको छ ।

सेयरमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत बाँडफाँट भएको छ । १२ हजार ३८१ जनाले सेयर हात पारेका छन् । जसमध्ये ६ जनाले ११ कित्ता सेयर हात पारेका छन् भने बाँकी १२ हजार ३७४ जनाले १० कित्ताका दरले सेयर हात पारेको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।

एफपीओमा १३ लाख २१ हजार ५२६ जनाले आवेदन दिएका थिए । जसमा १३ लाख २० हजार २०३ जनाको आवेदन मात्र स्वीकृत भएको भने बाँकी रद्द भएको थियो ।

सेयरको नतिजा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट, मिर्मिरे लघुवित्त वित्तीय संस्थाको वेबसाइट, मेरो सेयर र सीडीएससीले आईपीओको नतिजा थाहा पाउन बनाएको वेबसाइटबाट थाहा पाउन सकिने छ ।

कम्पनीले असोज २५ देखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ कित्ता सेयर निष्कासन गरेको थियो ।


क्लिकमान्डु