सोनापुर मिनरल्सको सेयर बेचेर बाहिरिँदै म्युचुअल फण्ड



काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको सेयर मूल्य घटेपछि बिक्री म्युचुअल फण्डहरुले धमाधम सेयर बिक्री गरेर बाहिरिन थालेका छन् ।

तीन दिन लगातार नकारात्मक सर्किट लागेको कम्पनीको सेयर मूल्य बुधबार ७.९९ प्रतिशतले घटेको छ । बजार धमाधम घटन थालेपछि मूच्युअल फण्डहरु पनि कम्पनीको सेयर बिक्री गरेर बजारबाट बाहिरिन थालेका छन् ।

बुधबार फण्डहरुले विभिन्न ब्रोकरबाट सेयर कारोबार गरेका छन् । धेरै सेयर ५५ नम्बर ब्रोकरबाट बिक्री भएको छ । ५५ नम्बरको ब्रोकरबाट ५३० कित्ता बिक्री हुँदा ३५ बाट किनीएको छ ।

यस्तै ५५ नम्बरबाट ३ हजार कित्ता बिक्री हुँदा ६ बाट खरिद, ५५ बाट ४ हजार ८३० कित्ता बिक्री हुँदा ७१ बाट खरिद, ५५ बाट १ हजार कित्ता बिक्री हुँदा ५२ बाट खरिद, ५५ बाट १ हजार ८२० कित्ता बिक्री हुँदा २१ बाट खरिद, ५५ बाट ५ हजार बिक्री हुँदा ४५ बाट खरिद, ५५ बाट २ हजार २१० कित्ता बिक्री हुँदा ५० बाट खरिद भएको छ ।

यो सेयर फण्डहरुले २३०, २३१. २३२ रुपैयाँमा कारोबार गरेका छन् । बुधबार ६ लाख १६ हजार ७७५ कित्ता सेयर १४ करोड ६० हजार २ हजार २२५ रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु