सेयर बजारमा गिरावट आउने क्रम जारी



काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी छ ।

बुधबार पनि बजारमा गिरावट देखिएको छ । कारोबार रकम भने मंगलबारको तुलनामा केही बढेको छ । उल्लेख्य सुधार भने हुन सकेको छैन । बजार मापन गर्ने सूचक ५.८३ अंकले घटेर परिसूचक १८५८.५६ बिन्दुमा रोकिएको छ ।

२९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर ८१ करोड २० लाख ८९ हजार २९१ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे बनेका छन् । बैंकिङ समूहको ०.२४, विकास बैंक १३.८०, वित्त ६.१३, होटल ४७.८४, जलविद्युत ९.२४, जीवन बीमा ३८.९२, उत्पादन तथा प्रशोधन समूहको ४८.५४, माइक्रोफाइनान्स २४.४८, निर्जीबन बीमा समूहको उपसूचक ३५.५२ अंकले घटेको छ ।

कारोबारमा गिरावट आउँदा सयपत्री हाईड्रोपावर, हिमालयन लघुवित्त, रावा इनर्जी कम्पनीको सेयर मूल्य बढेको छ भने सोनापुर मिनरल्स एण्ड आयल, सीवाईसी नेपाल लघुवित्त, स्वेत गंगा हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु