सेयर बजार डब्लू सेपमा आएर बन्द, अन्तिम ४५ मिनेटमा सुधार
काठमाडौं । सेयर बजार डब्लू सेपमा पुगेर बन्द भएको छ । कारोबारको सुरुमा करिब ४५ मिनेट निरन्तर ओरालो लागेको बजार त्यसपछि केही सुधार भयो ।
सुरुमा घटेको बजार इन्ट्रा डे कारोबारमा उतार चढाबकाबिच करिब १ घन्टा बढेर १८७० बिन्दुमा पुग्यो । त्यसपछि पुन घट्न थालेको बजार कारोबार सकिन ४५ मिनेट बाँकी रहदासम्म घटिरहेको थियो । ४५ मिनेटबाट बढन थालेको बजार अन्तिम समयमा ३.०४ अंकले बढेर परिसूचक १८७८.७० बिन्दुमा रोकिएको छ ।
बजारमा सामान्य सुधार देखिँदा बैंकिङ समूहको उपसूचक ०.५८, विकास बैंक २७.०४, वित्त १३.१२, जलविद्युत ४.२०, जीवन बीमा १२.८३, माइक्रोफाइनान्स २.९८, निर्जीबन बीमा ८३.२१ अंकले बढेको छ । कारोबारमा होटल २०.१०, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ४०.४२ अंकले घटेको छ ।
यो दिन बजारमा २८७ कम्पनीको २८ लाख २४ हजार ७ कित्ता सेयर ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँको सेयर किनेबच भएको छ ।
कारोबारमा पञ्चकन्या माई हाईड्रोपावर, मदांकिनी हाईड्रोपावर, सुपर मादी हाईड्रोपावर, इमर्जिङ नेपालका लगानीकर्ताले कमाएका छन् भने सोनापुर मिनरल्स एण्ड आयल, बिन्धाबासिनी हाईड्रोपावर, अप्पर सोलु हाईड्रोका लगानीकर्ताले गुमाएका छन् ।