योग्य संस्थागत लगानीकर्तालाई दर्ता तथा नवीकरण शुल्क बुझाउन नेप्सेको ताकेता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता तथा बार्षिक नवीकरण गर्न भनेको छ ।
बुक बिल्डिङ्ग बिधि मार्फत गरिने निष्कासनमा शिलबन्दी बोलकबोल संचालन गर्ने सम्बन्धको पत्र बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्ताहरुले सो कार्यमा सहभागी हुनका लागि यथासिघ्र नेप्सेमा दस्तुर सहित दर्ता हुन तथा पहिले नै दर्ता भइसकेका योग्य संस्थागत लगानीकर्ताहरुले बार्षिक नवीकरण गर्न सम्पुर्ण योग्य संस्थागत लगानीकर्तालाई नेप्सेले अनुरोध गरेको छ ।
दर्ता शुल्क १० हजार रहेको छ भने बार्षिक नवीकरण शुल्क पाँच हजार रहेको छ ।