झनै सुस्तायो सेयर बजारः २८ अंकको गिरावट, ७४ करोडको कारोबार
काठमाडौं । दसैंपछिको पहिलो सेयर कारोबारमा पनि खासै उत्साह देखिएन । कारोबारको सुरुदेखि नै देखिएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो । दसैं पछिको पहिलो कारोबारमा बजार २८.१८ अंकले घटेर परिसूचक १८७५.६५ बिन्दुमा रोकिएको छ ।
यो दिन २८३ कम्पनीको २७ लाख १२ हजार १२३ कित्ता सेयर ७४ करोड २९ लाख २५ हजार ३९२ रुपैयाँको सेयर किनबेच भएको छ । सबै समूहको उपसूचक राताम्मे भएको छ । बैंकिङ समूहको १७.०४, विकास बैंक ५५.४८, वित्त कम्पनी २३.५३, होटल १२८.१०, जलविद्युत २९.२३, जीवन बिमा १९७.१२, उत्पादन तथा प्रशोधन ५८.१६, माइक्रोफाइनान्स ३४.११, निर्जीबन बिमा समूहको उपसूचक १९२.७२ अंकले घटेको छ ।
कारोबारमा अप्पर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी, सीवाईसी नेपाल लघुवित्त, घलेम्दी हाईड्रो, बिपीडब्लू लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस्तै सोनापुर मिनरल्स एण्ड आयल, नेशनल हाईड्रोपावर, इङवा हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा नेशनल हाईड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ४ करोड ८ लाख ५६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा हाथवे इन्भेष्टमेन्ट नेपाल र सिटिजन्स लाइफ इन्स्योरेन्स रहेको छ ।