प्रिमियम मूल्यमा सेयर जारी गरेको सोनापुर मिनरल्स एण्ड आयलको पहिलो कारोबारमा नकारात्मक सर्किट



काठमाडौं । कारोबार सुरु भएको पहिलो दिन नै सोनापुर मिनरल्स एण्ड आयलको सेयर मूल्यका नकारात्मक सर्किट लागेको छ ।

केही समय अघि आईपीओ निष्कासन गरेको कम्पनीको सेयर दोस्रो बजारमा आजदेखि कारोबार भएको हो । प्रि ओपनिङ सेसनमा कम्पनीको सेयर कारोबार प्रतिकित्ता ३५० रुपैयाँमा खुलेको थियो । अहिले प्रतिकित्ता ३५ रुपैयाँ अर्थात १० प्रतिशतले घटेर ३१५ रुपैयाँ रहेको छ । कम्पनीकाे सेयर किन्ने भन्दा बेच्नेकाे भिड लागेको छ ।

कम्पनीको ओपनिङ रेन्ज प्रतिकित्ता १४२.०१ देखि ४२६.०३ रुपैयाँसम्म रहेको थियो । सोनापुरले सर्वसाधारणलाई अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थपेर प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरले सेयर निष्कासन गरेको थियो ।


क्लिकमान्डु