आईपीओ निष्कास गर्दै श्रीनगर एग्रीटेक इन्डष्ट्रिज
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले कात्तिक २२ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभामा कम्पनीको पुँजीको संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली बमोजीम सर्वसाधारणमा जारी गरिने भनी छुट्याइएको सेयरहरुलाई संशोधन गरी प्रिमियम वा अंकित मुल्यमा प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव गरेको छ । त्यसका लागि सभाले सञ्चालक समितिलाई अधिकार दिने जनाइएको छ ।
सभामा कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धी गर्ने प्रस्ताव पारित गर्ने, कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्वीलाई समेत समावेश गरी संचालक समितिको प्रस्ताव बमोजिम कम्पनिको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन प्रस्ताव पारित गर्ने प्रस्ताव रहेको छ ।
सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा छलफल गरी स्वीकृत गर्ने, कम्पनीको आव २०७९/८० को लेखा परिक्षण प्रतिवेदन सहितको वित्तीय विवरण छलफल गरी अनुमोदन गर्ने, आव २०८०/८१ को लागी लेखा परिक्षकको नियुक्ति गर्ने र पारीश्रमिक तोक्ने प्रस्ताव गरेको छ । यस्तै स्वतन्त्र संचालक नियुक्ती गर्ने प्रस्ताव पनि रहेको छ ।