पारा खेलाडीहरुको सीप विकास र प्रशिक्षणका लागि एनसेलको सहयोग



काठमाडौं । एनसेलले देश तथा विदेशमा नेपाललाई प्रतिनिधित्व गर्ने राष्ट्रिय पारा खेलाडीको सहयोगार्थ सम्पूर्ण पारा खेलाडीको सीप विकास र प्रशिक्षणका लागि राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालसँग सहकार्य गरेको छ । एनसेल ब्राण्ड थिम ‘हामी तपाईंकै लागि’अन्तर्गत राष्ट्रिय पारा टिमसँग आबद्ध भएको हो ।

पारा एसियन गेम्समा सहभागी हुने खेलाडीलाई कम्पनीले बिदाइ पनि गरेको छ । कात्तिक ५ देखि ११ सम्म चीनको ह्ङजाओ सहरमा हुने चौथौं पारा एसियन गेम्समा सहभागी खेलाडीलाई एनसेलले बिदाइ गरेको हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले पारा एसिएन गेम्स २०२३ मा विभिन्न १० खेलमा नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रिय पारा टिमका खेलाडी तथा प्रशिक्षकलाई बिदाइ गरे ।

यस वर्ष पारा एसियन गेम्समा विभिन्न १० खेलका विधामा १९ पारा खेलाडीले नेपालका लागि खेल्नेछन् । एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, पौडी, टेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस खेलमा नेपाल सहभागी हुनेछ ।


क्लिकमान्डु