साविकको गुराँस लाइफको बोनसदर सार्वजनिक, ३८ देखि ७६ रुपैयाँसम्म

112
Shares

काठमाडौं । साविकको गुराँस लाइफ इन्स्योरेन्सले बिमितलाई दिने बोनसदर सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सका अनुसार आर्थिक वर्ष २०७८/७९ को बोनसदर घोषणा गरेको हो । बीमा प्राधिकरणले असोज २१ गते आव २०७८/०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन स्वीकृत गरेको छ ।

इन्स्योरेन्सका अनुसार बिमितलाई दिने बोनस प्रतिहजार ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म रहेको छ ।
सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४९ रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढि अवधिका लागि ७६ रुपैयाँ रहेको छ ।

यस्तै सावधिक तथा आजीवन बीमा योजना बीमालेखमा ९ वर्ष अवधिको लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा बढी अवधिका लागि ७५ रुपैयाँ रहेको छ ।

कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेख योजनामा १४ वर्ष अवधिका लागि ३६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४८ रुपैयाँ बोनसदर तोकेको छ ।

बार्षिक नगद फिर्ता बीमालेख योजनामा कम्पनीले १४ वर्ष अवधिका लागि ३४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४३ रुपैयाँ बोनसदर कायम गरेको छ ।

गुराँस सुरक्षित भविष्य जीवन बीमा योजना बीमालेखमा १४ वर्ष अवधिका लागि २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ३१ रुपैयाँ र २५ वर्षभन्दा बढी अवधिका लागि ३७ रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले ३० वर्षे गुराँस जीवन रक्षक(सिमित भुक्तानी) गुराँस सावधिक लघु जीवन बीमा र गुराँस कर्पोरेट जीवन बीमा योजना अन्तर्गत १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ३७ रुपैया, २० देखि २४ वर्ष अवधिका लागि ४५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढी अवधिका लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।