जनकपुरमा नेपाल लाइफ क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम



काठमाडौं । सेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे जनतालाई साक्षर गराउने मुख्य अभिप्रायका साथ नेपाल लाइफ क्यापिटलले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा मधेस प्रदेशको जनकपुरमा ‘लगानीका आधारभूत विशेषता, धितोपत्र बजार र जोखिम व्यवस्थापन’ विषयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रका गरी १०८ व्यक्तिको सहभागिता थियो ।

नेपाल धितोपत्र बोर्डका निर्देशक हरिप्रसाद भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत नविन बाँस्कोटाले लगानीका क्षेत्र र सेयर बजारको महत्वबारे प्रकाश पारेका थिए ।

सर्वेक्षणबाट करिब ७० प्रतिशत सहभागी आईपीओ आवेदनका लागि प्राइमरी मार्केटमा संलग्न रहे पनि दोस्रो बजारमा करिब ३० प्रतिशतमात्रै सक्रिय रहेको पाइएको थियो । करिब ३० प्रतिशत आईपीओ होल्डरलाई आईपीओ सेयर बेच्ने वा दोस्रो बजारमा थप सेयर कसरी किन्नेबारे जानकारी नरहेको पाइएको छ ।


क्लिकमान्डु