टेरामक्स टेलिकम कम्पनीहरुले गर्ने बदमासी रोक्न हो, व्यक्तिगत फोन ट्याप गर्न होइनः अध्यक्ष खनाल



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकम कम्पनीहरुले गर्ने बदमासी रोक्ने लक्ष्यसहित सरकारले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) ल्याउन लागेको बताएका छन् ।

प्राधिकरणमा आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष खनालले टेरामक्सले व्यक्तिगत डेटा नराख्ने भएकाले कसैको पनि फोन ट्याप नगर्ने बताएका हुन् । उनले प्राधिकरणले टेलिकम कम्पनीहरुले व्यक्तिगत डेटाका आधारमा राज्यलाई कर तिर्ने गरेकाले कहाँ कति बदमासी भएको छ भन्ने विषय रोक्न टेरामक्स आवश्यक परेको बताए ।

टेलिमकको डेटा प्रयोग भए नभएको माक्समा डेटा कलेक्सन गर्ने र डेटा सुरक्षित हुने भएकाले टेरामक्स जडान गर्न खोजिएको जानकारी गराए ।

‘टेलिकम कम्पनीहरुले सेवाग्राहीलाई सेवा दिएबापत सरकारलाई बुझाउनुपर्ने विभिन्न शीर्षकको राजस्व, सेवाको गुणस्तर र कम्पनीहरुको अन्य गतिविधिमाथि निगरानी गर्ने लक्ष्यसहित टेरामक्स जडान गर्न लागिएको हो,’ उनले भने, ‘टेरामक्सले नेपालमा आएका फोनको मिटरिङ भयो कि भएन भनेर टोटलमा हेर्ने भएकाले व्यक्तिगत डेटा दुरुपयोग हुन सक्दैन ।’

फोर जी सेवा विस्तार भएपछि मात्रै टेलिकमको ४०० गुणा बढी डेटा प्रयोग भएको तथ्य उनले पेस गरे । त्यसबीचमा फोनको पैसा,एसएमएसको पैसा घटेको छैन र सिम बिक्री पनि बढेको छ तर नेपाल टेलिकमको २०७४/०७५ देखि अहिलेसम्म आउँदा २५ अर्बले राजस्व घटेको दाबी उनले गरे । यसरी टेलिकमको राजस्व घट्दै जाने हो भने नेपालको टेलिकम्युकेसन कोल्याप्स हुनसक्ने उनको तर्क छ ।


क्लिकमान्डु