जीवन बीमा कम्पनीले एकै महिनामा आर्जन गरे साढे ९ अर्ब बीमाशुल्क
काठमाडौं । जीवन बीमा कम्पनीले एकै महिनामा साढे ९ अर्ब बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार भदौ महिनामा १४ वटा बीमा कम्पनीले ८ लाख १५ हजार ३६६ वटा बीमालेख जारी गर्दै ९ अर्ब ५२ करोड ३४ लाख ९१ हजार बीमाशुल्क आर्जन गरेका हुन् ।
प्राधिकरणका अनुसार भदौमा कम्पनीहरुले ७ अर्ब ४८ करोड ५५ लाख ५६ हजार रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन् भने २ अर्ब ३ करोड ७९ लाख ३५ हजार रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।
बीमा प्राधिकरणका अनुसार भदौमा सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले २ अर्ब ७८ करोड ८० लाख ३४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले भदौमा १६ हजार ३८२ वटा बीमालेख जारी गरेर उक्त रकम बीमा शुल्क आर्जन गरेको हो ।
यस्तै राष्ट्रिय बीमा संस्थानले ७०३ वटा बीमालेख जारी गरेर २२ करोड ५१ लाख २३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने नेसनल लाइफ इन्स्योरेन्सले ४२ हजार ४३१ वटा बीमालेख जारी गरेर १ अर्ब १० करोड ९० लाख १२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेसनले एकै महिनामा ३ हजार ८७४ बीमालेख जारी गरेर १ अर्ब १३ करोड ७८ लाख ७८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । एशियन लाइफले २९ हजार ७७८ वटा बीमालेख जारी गरेर ४० करोड ९ लाख, आइएमई लाइफले १२ हजार ८३८ वटा बीमालेख जारी गरेर २३ करोड ७१ लाख, सन नेपाल लाइफले १४ हजार ९८५ वटा बीमालेख जारी गरेर २८ करोड ११ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
प्राधिकरणका अनुसार रिलायबल नेपाल लाइफले ३० हजार ५४५ वटा बीमालेख जारी गरेर २९ करोड ४३ लाख, सिटिजन लाइफले ७३ हजार ७४ वटा बीमालेख जारी गरेर ४३ करोड १६ लाख, सूर्यज्योती लाइफ इन्स्योरेन्सले ३६ हजार ८७९ वटा बीमालेख जारी भएर ५४ करोड ५४ लाख र सानिमा रिलायन्स लाइफले १६ हजार ६१६ वटा बीमालेख जारी गरेर ३४ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै हिमालयन लाइफले २ हजार ८३२ वटा बीमालेख जारी गरेर १ अर्ब २ करोड २ लाख र प्रभु महालक्ष्मी लाइफले २ हजार ४८ वटा बीमालेख जारी गर्दै २८ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । साउन र भदौमा गरी जीवन बीमा कम्पनीहरुले २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।