स्वीट्जरल्याण्ड र रुवाण्डसँग हवाई सेवा सम्झौता गर्ने मन्त्रिपरिषदको निर्णय, यी हुन् १९ निर्णय
काठमाडौं । नेपालले स्वीटजरल्याण्ड र रुवाण्डसँग हवाई सेवा सम्झौता गर्ने भएको छ । यी दुई देशसँग सीधा हवाई उडानसहितको विषयमा सम्झौता गर्न १६ असोजमा बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृति दिएको छ ।
मन्त्रिपरिषदको स्वीकृतिपछि अब दुबै देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता हुने छ । हवाई सेवा सम्झौतापछि दुबै मुलुकका वायुसेवाले एक अर्को देशमा सीधा उडान गर्ने बाटो खुल्ने छ ।
सरकारले विश्व बैंकबाट प्राप्त गर्ने १०० मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण ऋण र ३.८४ मिलियन अनुदान स्वीकार गर्ने भएको छ । मन्त्रिपरिषदको वैठकले उक्त ऋण तथा अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको मंगलबारको बैठकले, विशेष अदालत नियमावली स्वीकृत गर्ने, राष्ट्रिय खेलकूद प्रतिभा सम्मान कार्यविधि २०६८ खारेज गर्नेसहितको विभिन्न १९ वटा निर्णय गरेको छ ।