क्रोम्पटनको चाडपर्व विशेष ‘यस दशैं तिहार उपहारै उपहारको बहार’ योजना सार्वजनिक



काठमाडौं । भारतको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रोम्पटनले यसपालिको दशैं तथा तिहार लक्षित गर्दै क्रोम्पटनको “यस दशैं तिहार उपहारै उपहारको बहार” नामक योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले क्रोम्पटनका बिभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक साथै विशेष उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले यो योजनाको लाभ भाद्र २८ गतेदेखि सिमित अवधिका लागि नेपाल अधिराज्य भरि रहेका सिजिका विक्रेताकहाँ गइ उठाउन सक्नेछन् ।

यस योजनाको अवधिभरि हरेक शाता एक ग्राहकलाई मिक्सर ग्राइनडर वा इन्डक्शन कुकटप उपहार तथा एक भाग्यशाली ग्राहकलाई मिडियाको साईड बाई साईड रेफ्रीजिरेटर बम्पर उपहार स्वरुप प्रदान गरिनेछ ।

साथै, पुराना भएका सामाग्री फेरबदल गरि नयाँ सामान लान चाहाने ग्राहकका लागि समेत कम्पनीले यस योजनाको दौरान एक्सचेन्ज अफरको सुविधा समेत ल्याएको छ ।

यति मात्र नभई, चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले “सिजि लोयल्टी क्लब”को रिवार्ड प्रोग्राम अन्तर्गत आकर्षक छुट तथा उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

नेपाल अधिराज्यभर क्रोम्पटनको ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इम्पेक्स रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।


क्लिकमान्डु