काठमाडौंको खिचापोखीमा हिमालयन बैंकको भवन शिलान्यास, दरबारमार्गमा पनि बनाउँदै



काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं २२, खिचापोखरी, न्यूरोडस्थित बैंककै जग्गामा भवन निर्माणको लागि शिलान्यास गरेको छ ।

बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले भवन निर्माणको शिलान्यास तथा विशेष पूजा गरेका थिए । उक्त विशेष समारोहमा बैंकका संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, उच्चपदस्थ कर्मचारीहरु लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

असोज १२ गते आयोजित समारोहमा बैंकका अध्यक्ष श्रेष्ठले बैंकले सो भवन निर्माणको लागि शिलान्यास गर्न पाउँदा खुशी व्यक्त गरे ।
उनले देशका विभिन्न प्रमुख शहरहरु जस्तै इटहरी, विरगंज, भैरहवा बाट बैंकले आफ्नै भवनबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ भने काठमाडौंको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी गराए । बैंकले भरतपुर र नेपालगंजमा पनि निकट भविष्यमा आफ्नै भवन निर्माण गरि ग्राहकहरुलाई सेवा प्रदान गर्ने योजना रहेको उनले बताए ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले भवन निर्माण पश्चात् बैंकले आफ्नै भवनबाट ग्राहकहरुलाई विशेष तथा परिष्कृत बैंकिङ्ग सेवा–सुबिधा प्रदान गर्ने उद्देश्य राखेको बताए । यसबाट बैंकका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने विश्वास व्यक्त गरे ।

हाल बैंकले देश भरि रहेका १७६ शाखा, २६८ ए टि एम, २० विस्तारित काउन्टर तथा १७००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरु बाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु