बझाङको तलकोट केन्द्र भएर भूकम्पको धक्का



काठमाडौं । बझाङ जिल्लाको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज दिउँसो २ बजेर ४० मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा महसुस भएको बताइएको छ ।


क्लिकमान्डु