आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । गत हप्तादेखि निरन्तर घट्न थालेको सुनको मूल्य मंगलबार पनि १३ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएकोमा मंगलबार प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु