गौशालामा एक युवामाथि धारिलो हतियार प्रहार, कटुवा पेस्तोल र गोली बरामद



काठमाडौं । काठमाडौंको गौशाला नजिकै पिंगलास्थान एक व्यक्तिमाथि धारिलो हतियार प्रहार भएको छ ।

पिंगलास्थानमा साविर हुसेनलाई धारिलो हतियार प्रहार गरेर २ जना व्यक्ति फरार भएको प्रहरीले जनाएको छ ।

धारिलो हतियारबाट हुसेनको खुट्टामा चोट लागेको छ । अहिले हुसेनको केएमसी अस्पताल सिनामगंलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलबाट एउटा कटुवा पेस्तोल र एक थान थोली बरामद भएको छ । घटनामा संलग्न व्यक्तिको खोजीकार्य जारी रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेश राज मैनालीले बताए ।


क्लिकमान्डु