पोखरा पुगेको जहाज अवतरण गर्न नसकेर काठमाडौं फर्कियो



काठमाडौं । काठमाडौंबाट पोखरा उडेको जहाज अवतरण गर्न नसकेपछि काठमाडौं विमानस्थलमा नै फर्किएको छ ।

काठमाडौंबाट गएका जहाज मौसम बिग्रिएपछि बाटैबाट फर्कीएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

बिहान अवतरण गर्न सक्ने मौसम हुँदा भने पोखरा उडेका दुई वायुुसेवाका जहाज पनि संञ्चार उपकरणमा समस्या भएपछि अवतरण गर्न नसकि फकिएको छ । विमानस्थल कार्यालयका अनुसार पोखरामा जम्मा १२ सय मिटर मात्रै भिजिबिलटी छ ।

आन्तरिक उडानका जहाजको लागि यो भिजिबिलीट अवरतण गर्न नपुग्ने भएपछि फर्किएको हो । पोखराको मौसम बिग्रिएका कारण अहिले सबै वायुसेवाको उडान ढिलो भएको छ । पोखरामा एउटै वायुसेवाले १७ वटासम्म उडाउ हुने भएकोले सबैभन्दा बढी उडान हुने आन्तरिक विमानस्थलमा पोखरा पर्छ ।


क्लिकमान्डु