हिमालयन रि-इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त



काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छन् ।

यसअघि नायब कार्यकारी अधिकृतको रुपमा रहेकी पौडेललाइ सीईओमा नियुक्त गरिएको छ । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो ।

कम्पनीका सीईओ चन्द्रशेखरन रामामूर्तिले राजीनामा दिएपछि पौडेल नियुक्त गरिएको हो । पौडेल यसअघि युनाइटेड इन्स्योरेन्सको सीईओ थिइन् ।


क्लिकमान्डु