बढेको ग्याससहित पेट्रोलियम पदार्थको मूल्य भरे मध्यरातिदेखि घट्ने



काठमाडौं । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुनेगरि बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ ।

चाडबाड नजिकिइरहेको बेला निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्ध गरेको चर्को आलोचना भएपछि सरकारले मूल्य घटाउनका लागि निगमलाई निर्देशन दिएको थियो ।

आयोगले स्वचालित मूल्य प्रणाली यथावत् हुने गरी हाल भएको मूल्य वृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको जनाएको छ ।

मूल्यवृद्धि फिर्ता आइतबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

यसअघि निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।


क्लिकमान्डु