रविको प्रश्न: आयल निगमको घाटा के हो?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आयाल निमगमाथि प्रश्न उठाएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभा सदस्य लामिछानेले कर्मचारीलाई सधैं बोनस बाँड्ने निगम कसरी घाटामा जान्छ भन्दै प्रश्न गरे ।

निगमले व्यापार पनि गर्ने र नियामक पनि उनी भएको भन्दै उनले एकै निकायले दुईवटा काम गर्नु सही नभएको बताए ।

‘आयल निगम आयात पनि आफैं गर्छ । व्यापार पनि आफैं गर्छ । नियामक निकाय पनि उही हो । सबै कुरा आफैं गर्छ । कर्मचारीलाई बोनस बाँड्न भ्याउँछ । तर, सधैं घाटामा छु भन्छ,’ लामिछाने भने, ‘ घाटा के हो ? निर्क्योल गरियोस् । अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएको हो भने घटेका बेलामा मूल्य घटाउन दुईतीन दिन किन लगाउँछ ?’


क्लिकमान्डु