पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिपद् बैठकले शनिबार रातिदेखि लागू हुने गरि नेपाल आयल निगमले बढाएको ग्याससहित पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको हो । यसका लागि सरकारले निगमलाई निर्देशन दिएको छ ।

नेपाल आयल निगम संचालक समितिको बैठक बसेर पुरानो मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

पुरानो मूल्यसुची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गर्न पनि निर्देशन दिएको शर्माको भनाइ छ ।

निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

चाडबाड आउन लागेको बेल्ला पेट्रोलिय पदार्थमा मूल्यवृद्धि गरेको भन्दै सरकारको चर्को आलोचना भएपछि सरकारले मूल्यवृद्धि फिर्ता गरेको हो ।


क्लिकमान्डु