प्रधानमन्त्रीले बोलाए ७ दलको बैठक



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा प्रतिनिधित्व गर्ने ७ दलको बैठक आह्वान गरेका छन् ।

आइतबार बिहान प्रमुख प्रतिपक्ष नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्तापछि प्रधानमन्त्री प्रचण्ड संसद्‌मा प्रतिनिधित्व गर्ने ७ दलको बैठक बोलाएका हुन् ।

आइतबार बिहान ११ बजे बस्ने गरी ७ दलको बैठक बोलाइएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

बैठकमा संसद्‌मा प्रतिनिधित्व गर्ने, राष्ट्रिय दलको मान्यताप्राप्त दलहरू सहभागी हुनेछन् ।


क्लिकमान्डु