नेपाल-भारत उद्योग वाणिज्य संघ र बेङ्गाल चेम्बर अफ कमर्सबीच समझदारीपत्रमा हस्ताक्षर



काठमाडौं । नेपाल भारत उद्योग वाणिज्य संघ र भारतको कोलकातास्थित बेङ्गाल चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजबीच आपसी सहयोग आदान प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

इण्डो–प्यासिफक इकोनोमिक क्न्क्लेभ २०२३को पहिलो दिन २८ सेप्टेम्बर २०२३ का दिन द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सृजना राणा र बेङ्गाल चेम्बर अफ कमर्सका अध्यक्ष सुबिर चक्रबर्तीले हस्ताक्षर गरेका छन् ।

नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल बाहिर भारतीय उद्योग वाणिज्य संघहरुसंग गरेको यो नै पहिलो समझदारीपत्र भएको छ । यो सम्झौताले दुबै संस्थाहरुलाई आगामी दिनहरुमा सहकार्य गर्न तथा नेपाल र भारतका बिभिन्न स्थानहरुमा बिभिन्न कार्यक्रमहरुको आयोजना गरी नेपाल–भारतबीच द्विपक्षीय आर्थिक सम्बन्ध मजबूत बनाउन सहयोग पुर्‍याउने छ ।

नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष राणा अहिले बेङ्गाल चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिजद्वारा आयोजना गरेको सेप्टेम्बर २८ र २९ दुईदिने ईण्डो–प्यासिफक ईकोनोमिक क्न्क्लेभ २०२३ मा बक्ता एवं नेपाली ब्यबसायीहरुको प्रतिनिधिको रुपमा सहभागी भइरहेकी छन् ।

उक्त कन्क्लेभमा राणाले बर्ष २०२२–२३ (मध्ये जूलाई देखी मध्ये जूलाई सम्म) मा नेपालको १५० बढी राष्ट्रहरुसंग १३.६३ अरब अमेरिकी डलर बराबरको रहेको र झण्डै त्यस्को दुईतिहाई ब्यापार अर्थात ८.७४ अरब अमेरिकी डलर बराबरको ब्यापार भारतसंग रहेको बताइन् ।

राणाले उक्त कन्क्लेभलाई सम्बोधन गर्ने क्रममा नेपालले ९० बढी राष्ट्रबाट बिदेशी लगानी प्राप्त गरेको मध्येमा भारत अग्र स्थानमा रहेको जानकारी गराउंदै सन् १९८० र १९९० को समयममा उत्पादनमुलक उद्योग, बैकिड्ड, बीमा, सेवा क्षेत्र लगायतका क्षेत्रहरुमा आएको भारतीय लगानी सफल तथा उदाहरणीय रहेको भएतापनि हाल भारतबाट आउने लगानीमा कमी आएको बताइन् ।

संघले नेपालमा भारतीय लगानी आकर्षित गर्नकै लागी भनेर भारतीय लगानीकर्ताहरुको लागी भारतमा रहेको नेपाली दूतावास तथा नेपालमा रहेको भारतीय दूतावासको सहयोगमा एउटा लगानी सम्बन्धि पुस्तकको तेश्रो संस्करण तयारी गर्दै गरेको र चांडै यसको लोकार्पण गरिने बताइन् ।

नेपाल एक भूपरिबेष्ठित राष्ट्र भएको, नेपालको उत्तरी नाका नेपालको तेश्रो मूलुकसंगको ब्यापारको लागी अत्यन्तै दूरगम रहेको बताउंदै नेपालको तेश्रो मुलुकसंगको ब्यापारको लागी ट्रान्जिट रुटमा पनि कोलकाता, हल्दिया,भिशाखापटनम पोर्टमा निर्भर भएर तेश्रो मूलुक भएर ब्यापार गर्नुपर्ने र तेश्रो मुलुकसंगको ब्यापार मध्येको ११∞ मात्र अन्तराष्ट्रिय एयरपोर्ट भएर हुने गरेको बताइन् । हाल नेपालको बीरगंज र बिराटनगर एकीकृत चेक पोष्ट भारतीय रेलसेवा संग जोडिएको भएता पनि यसमा कोडिड्ड प्रणाली जोडिनसकिएको जसको कारण रेलसेवा नियमित सुचारु हुन नसकिएको जानकारी गराइन् ।

त्यस्तै नेपालको भैरहवा एकीकृत चेकपोष्ट र सुदूर पश्चिमको दोधारा चांदनी एकीकृत चेकपोष्ट सम्म पनि भारतीय रेलसेवा जोडिएर त्यहांबाट पनि नेपालको भारत लगायत अन्य मूलुकसंगको ब्यापार सुचारु गर्नपर्ने बताइन् ।

आफ्नो सम्बोधनमा नेपाल–भारत लगायत हिन्द प्रशान्त क्षेत्रमा ब्यापार तथा आर्थिक बिकासका लागी सहकार्य र सहयोग गर्न सकिने र आवश्यक पूर्वाधार बिकास, ब्यापार सम्झौता, भन्सार नियमन तथा बस्तुको हार्मोनाईजेशन, आपूर्ति श्रृंखला, श्रम सम्बन्धि बिषय, डिजिटल ईन्टिग्रेशन, जन–जन बीचको सम्बन्ध, अनुसन्धान र खोज लगायतका बिभिन्न क्षेत्रहरु पनि प्रस्तुत गरे ।


क्लिकमान्डु