इजिप्ट र युएईले मुद्रा आदनप्रदान सम्झौतामा हस्ताक्षर गरे



इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) को केन्द्रीय बैंकहरुले मुद्रा आदानप्रदान सम्झौतामा हस्ताक्षर गरेका छन् ।

४२ अर्ब इजिप्टियन पाउण्ड (लगभग १.३६ बिलियन अमेरिकी डलर) र ५ अर्ब युएई दिर्हाम नाममात्र मूल्यमा साटासाट गर्न सहमत भएका हुन् ।

यो सम्झौता इजिप्ट र युएईबीचको सम्बन्धलाई सबै तहमा सदृढ गर्ने विश्वास लिइएको छ । यो सम्झौताले दुई पक्षबीचको संयुक्त आर्थिक सहयोगको आधारिशिलाको रुपमा काम गर्ने बताइएको छ ।

युएई केन्द्रीय बैंकका गभर्नर खालेद बालामाले यो सम्झौतले युएई र इजिप्टबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने बताए ।


क्लिकमान्डु