राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन



काठमाडौं । राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव शेरजंग कार्कीको निधन भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलका सञ्चारविज्ञ खिला कार्कीले सहसचिव कार्कीको निधन भएको जानकारी दिए ।

५२ वर्षीय कार्कीलाई स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान नर्भिक अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्‍‍याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए।

कार्की राष्ट्रपति कार्यालयमा कानुन महाशाखामा कार्यरत रहेका थिए । कार्की ओखलढुंगाका हुन् ।


क्लिकमान्डु