उपभोग्य वस्तुको अन्धाधुन्ध मूल्यवृद्धि भइरहेको छ, नियन्त्रण गर्न सरकारले प्रयत्न गरेको छैनः नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्ने प्रयत्न नगरेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न नगरेको बताएका हुन् । उनले दैनिक उपभोग्य वस्तुको अन्धाधुन्ध मूल्यवृद्धि भइरहेको बताए ।

मूल्यवृद्धि हुनुपर्ने कुनै औचित्य नहुँदा पनि मूल्यवृद्धि भइरहेको भन्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण गराए । मूल्यवृद्धि नियन्त्रणका सम्बन्धमा एकीकृत समाजवादीले संसद चल्दा संसदमा आवाज उठाइरहेको र संसद नहुँदा पनि विभिन्न माध्यमबाट सरकारको ध्यानाकर्षण गराइरहेको उनले बताए ।

अध्यक्ष नेपालले माइतीघर मण्डलामा आन्दोलनरत शिक्षकको न्यायोचित र जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए । विधेयक संशोधन गरेर वा नीतिमा मिलाएर शिक्षकलाई न्याय प्रदान गर्नुपर्ने उनले बताए ।


क्लिकमान्डु