ग्यास उद्योग संघको अध्यक्षमा घिमिरे



काठमाडौं । नेपाल एल पी ग्यास उद्योग संघको २८ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशनले शिव घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मती प्रणालीबाट नयाँ कार्यसमिति चयन गरिएको निवर्तमान अध्यक्ष कुश मल्लीले जानकारी दिए।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्ण भक्त श्रेष्ठ, उपाध्यक्षमा दिवानबहादुर चन्द र सुरेन्द्र पौडेल, महासचिवमा जीत बहादुर कार्की, कोषाध्यक्षमा आशिष जजोदिया, सचिवमा अमित अग्रवाल चयन भएका छन् । यस्तै कार्यसमितिको सदस्यहरुमा सुनिल सिन्हा, लोकहर्ष शाक्य, आदित्य पराजुली, आयुष नेपाल, योगेश पौडेल, युवक राजभण्डारी र बुद्धि डल्लाकोटी निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिले मनिषकुमार जोशी, निर्मलकुमार खत्री क्षेत्रीलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । अधिवेशन बुधबार राति सम्पन्न भएको थियो । अध्यक्ष घिमिरे २ कार्यकाल अघि पनि संघको अध्यक्ष भएका थिए । घिमिरेको ग्यास उद्योग, पेट्रोलियम व्यवसाय, अटो व्यवसायका साथै हाइड्रो पावरलगायतमा लगानी छ।


क्लिकमान्डु