सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव उपाध्याय नियुक्त
काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव अनुपकुमार उपाध्याय नियुक्त भएका छन् ।
मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका पूर्वसचिव उपाध्यायलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । डोटी घरमा उपाध्यायले भारतबाट छात्रवृत्तिमा इन्जिनियरिङ पढेका थिए।
त्यसपछि सरकारी सेवामा प्रवेश गरेका उपाध्यायसँग नेपालको उर्जा क्षेत्रमा काम गरेको लामो अनुभव छ ।
गत माघ २६ गते नेपाली कांग्रेसका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएपछि पनि योजना आयोगको उपाध्यक्ष भने हेरफेर भएको थिएन ।
मंगलबार प्रदेश सरकारले तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारले नियुक्त गरेका योजना आयोगका उपाध्यक्ष मोहनदेव विष्टलाई हटाएर उपध्यायलाई नियुक्त गरेको हो ।