शिक्षकहरु किन सडकमै सुते ?



काठमाडौं । राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् ।

सोमवार मध्यान्ह माइतीघर मण्डलामा भेला भइ उनीहरुले बानेश्वरसम्म बिरोध प्रदर्शन गरेका हुन् ।

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले सडकमा सुतेर बिरोध प्रदर्शन गरेका थिए ।

आन्दोलित हुने शिक्षकहरुमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक छन् ।

गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए ।

उनीहरूले शत प्रतिशत स्थायीको माग राख्दै आएका छन् ।


क्लिकमान्डु