आन्दोलनरत अभियन्ताहरु राजनीतिक स्वार्थका कारण वार्तामा आएनन्ः बालेन



काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले केही दिनयता आन्दोलनमा रहेका अभियन्तासँग आफूले वार्ता गर्न खोज्दा राजनीतिक स्वार्थका कारण नआएको बताएका छन् ।

काठमाडौं महानगरपालिकाले फुटपाथ खाली गराउनका लागि फुटपाथ व्यापारी हटाएर गरिखाने वर्गमाथि विभेद गरेको भन्दै केही युवा आन्दोलनमा छन् । प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको भवन अगाडि ईः लगायतका केही युवा अभियन्ताले उभिएर विरोध प्रदर्शन गरिरहेका छन् ।

बालेनले यिनै आन्दोलनरत युवालाई वार्ताका लागि बोलाउँदा नआएको बताएका हुन् । सामाजिक सञ्जालमार्फत उनले आफूहरुले अभियन्ताको कुरा र समस्या सुन्न तयार भए पनि उनीहरु भने वार्ताका लागि नआएको बताएका छन् ।

‘लोकतान्त्रिक अभ्यासमा सबै कुराको समाधान संवादबाट नै हुनुपर्छ भन्ने हामीले बुझेका छौं,’ उनी लेख्छन्, ‘सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नुभएको होला भन्ने हामीले बुझेका छौं । के वार्ता हामीले उहाँहरुका नेतासँग गर्नुपर्ने हो ?’


क्लिकमान्डु