नेपाली विज्ञापनमा नेपाली कलाकारकै फोटो हुनुपर्ने
काठमाडौं । विज्ञापन बोर्डले होर्डिङ बोर्ड, सवारी साधनलगायतका माध्यमबाट हुने विज्ञापनमा नेपाली कलाकारकै फोटो प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।
बोर्डले सूचना जारी गर्दै विज्ञापन (नियमन गर्ने) नियमावली (पहिलो संशोधन), २०८० अनुसार होर्डिङ बोर्ड, सवारी साधनजस्ता माध्यमबाट हुने विज्ञापनमा विदेशी कलाकार वा व्यक्तिको फोटो राखी विज्ञापन गर्न नपाउने व्यवस्था गरेको हो ।
विज्ञापनका लागि प्रयोग भएका विदेशी कलाकार वा व्यक्तिको फोटो हटाएर नियमअनुसार स्वदेशी कलाकार वा व्यक्तिकै फोटो राखेर विज्ञापन गर्न बोर्डले निर्देशन दिएको छ ।