सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढ्यो
काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार एक सय रुपैयाँ कायम भएको थियो । आइतबार प्रतितोला एक सय रुपैयाँले बढेर एक लाख १२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ ।
साथै, आइतबार चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेर १४ सय ३० रुपैयाँ कायम भएको छ ।