एउटा जग्गा चाहिनेले १० वटा किनेर राख्न थालेपछि समस्या आयोः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले जग्गामा अत्याधिक लगानी भएका कारण देशको अर्थतन्त्र समस्यामा परेको बताएका छन् । मंगलबार नाडा अटो शो उदघाटन कार्यक्रममा बोल्दै मन्त्री महतले यस्तो बताएका हुन् ।

‘अहिले एउटा जग्गा चाहिनेले पनि १० वटा जग्गा किनेर राख्ने प्रवृत्तिले समस्या देखिएको हो,’ उनले भने, ‘सेयर बजारमा पनि यस्तै समस्या देखिएको छ । सरकारले समस्या समाधान गर्दै जान्छ ।’

अर्थतन्त्रमा समस्या रहेको र यो धेरै लामो समय नजाने उनको भनाइ छ । ‘आर्थिक गतिविधि बिस्तारै बढ्ददै जाने अवस्था देखिएको छ,’ उनले भने ।


क्लिकमान्डु