धितोमा राखेको घर जग्गा बिक्री गर्दै नेपाल बैंक, यसरी सकिन्छ किन्न



काठमाडौं । नेपाल बैंक लिमिडेटले बैंकमा धितो राखेर कर्जाको साँवा ब्याज नतिरिएको सम्पत्ति लिलाम गर्ने तयारी गरेको छ ।

बैंकले गैरबैंकिङ सम्पत्ति गोप्य सिलबन्दीमार्फत बिक्री गर्न सूचना जारी गरेको हो । बैंकले २१ दिने सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो ।

बैंकका अनुसार आफ्नो स्वामित्वमा रहेको घरजग्गालाई जेजस्तो अवस्थामा छ, सोही अवस्थामा सिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागिएको छ ।

सूचना प्रकाशित भएको २१ दिन अर्थात् असोज १४ भित्रमा यी जग्गा खरिद गर्न चाहनेले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

बैंकले लिलाम गर्न लागेका जग्गाहरुमा काभ्रे, ललितपुर, सिरहा, सिन्धुपाल्चोक, पर्सा, झापा, सुनसरीलगायतका जिल्लामा रहेका जग्गा छन् ।


क्लिकमान्डु