शाहरुख खानको जवानले तोड्यो पठानको रेकर्ड, पहिलो दिनमै कमायो १ अर्बभन्दा धेरै



एजेन्सी । बलिउड अभिनेता शाहरुख खानको फिल्म जवानले पहिलो दिनमा नै एक अर्ब रुपैयाँभन्दा धेरैको व्यापार गरेको छ । फिल्मले रिलिज भएको पहिलो दिनमा नै १ अर्ब ३ करोड नेपाली रुपैयाँ (६५ करोड भारतीय रुपैयाँ) कमाएको हो ।

फिल्मले शाहरुखकै अघिल्लो फिल्म पठानको रेकर्डलाई पति तोडेको छ । उनको यसअघिको फिल्म पठानले पहिलो दिनमा ८७ करोड ९७ लाख रुपैयाँ (५५ करोड भारतीय रुपैयाँ)को व्यापार गरेको थियो ।

भारतीय फिल्म विश्लेषक तरण आदर्शकाअनुसार जवानले यसअघि भारतीय फिल्महरुले बनाएका सम्पूर्ण रेकर्ड तोडेको छ ।

उनले भनेका छन्, ‘जवानले यसअघिका सबै रेकर्ड तोडेको छ । हिन्दी फिल्मको इतिहासमा नै यो सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ।’


क्लिकमान्डु