निजामती सेवा दिवसमा ४० जना कर्मचारी सम्मानित (नामावलीसहित)



काठमाडौं । सरकारले २० औं निजामती सेवा दिवस-२०८० को अवसरमा विभिन्न ४० जना कर्मचारीलाई पुरस्कार दिने भएको छ ।
सरकारले निजामती सेवा नियमावली-२०५० को नियम ११६क बमोजिम निजामती सेवा दिवस २०८० को अवसरमा उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार दिने भएको छ ।

जसमा १० जनाले उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाले निजामती सेवा पुरस्कार पाउने भएका छन् । पुरस्कार पाउनेमा कार्यालय सहयोगी,खरिदार, नायव सुब्बादेखि उपसचिव, सहसचिव सम्म रहेका छन् ।

पुरस्कार पाउनेमा काठमाडौं उपत्यकाका साथै उपत्यका बाहिर रहेका कर्मचारी रहेका छन् ।


क्लिकमान्डु