‘कौशलटारमा २९ वटा घडेरी बिक्री गर्दै सीई कन्स्ट्रक्सन’ शीर्षकको समाचारमा अधिकारीको खण्डन



काठमाडौं । क्लिकमान्डुमा २०८० जेठ ५ गते शुक्रबार ‘कौशलटारमा २९ वटा घडेरी बिक्री गर्दै सीई कन्स्ट्रक्सन, प्रतिआना मूल्य कति ? शीर्षकमा सम्प्रेषित समाचारको नेपालका लागि नेपाली पार्टीका अध्यक्ष शुशीलचन्द्र अधिकारीले खण्डन गरेका छन् । अधिकारीले पठाएको खण्डन हामीले जस्ताको तस्तै सम्प्रेषण गरेका छौं ।


भएको के थियो ?

बाबा गोरखनाथ डेभलपर्स प्रा. लि (ललितपुर महानगरपालिका वडा नम्बर ४ मा दर्ता रहेको प्यान नम्बर ३०३४२४६४८ मिति २०६५/९/२५ मा दर्ता भएको कम्पनीले भक्तपुर जिल्ला साविक बालकोट २–१ को हनुमन्ते खोलाको वहाव परिवर्तन भई खोला पारी साबिक दिब्यश्वरी २ ख हाल मध्यपुर थिमि नगरपालिका १५ मा परेका साविक बालकोट २-१ का २९ कित्ता जग्गाहरू गरेर जम्मा लगभग २३ रोपनी ११ आना १ पैसा १ दामको निम्न बमोजिम जग्गाको प्रमाण पुर्जाअनुसार अर्को आदेश नभए सम्म रोक्का भनि जानिएको साथै हाल सम्म उक्त कित्ता मालपोत कार्यालय भक्तपुरमा उक्त कित्ता जग्गा रोक्का भनि जानिएको साथै बाबा गोरखनाथ डेभलपर्स प्रा. लि. ले हाल साबिक गर्दा बालकोट २-१ कित्ता नं १२०२ खोला र १२०३ बगर समेत लोप भएको अवस्था छ ।

वि. सं २०२२ सालमा भएको नापीमा तत्कालीन श्री ५ को सरकार अन्तर्गत रहेका सेवा विर्ता जग्गा असम्बन्धित व्यक्तिले गैरकानुनी रुपमा अरु नै व्यक्तिको नाममा ल्याएको कारण वि.सं २०२४ सालमा पुनः नापी गरी तत्कालीन भूमि प्रशासन कार्यलय भक्तपुरको निर्णय बमोजिम साविक २०२२ सालको नापीमा कायम गरिएका कित्ताहरु ११६२, ११६३, ११६४, ११६५, ११६६, ११६७, ११६८, ११६९, ११७०, ११७२ र ७० बदर भएर नयाँ कित्ताहरु ११८७ देखि १२०३ सम्म कायम भएको नापी कार्यालय भक्तपुर तथा मालपोत कार्यालय भक्तपुरको अभिलेखमा देखिन्छ । नयाँ कित्ता कायम भएको मध्ये कित्ता नम्बर ११८७ (क्षेत्रफल १ रोपनी ४ आना १ पैसा) जग्गा सेवा विर्ता जग्गा हो ।

कित्ता नम्बर ११६२ परिवर्तन भई १२०२ (खोला ) र कित्ता नम्बर ११७२ परिवर्तन भई १२०३ (बगर) कायम भएको थियो, खरिद गरी लिई उक्त साबिक बालकोट २-१ कित्ताहरू भिडाई खोला पारी मध्यपुर थिमि नगरपालिका १५ निम्न बमोजिम कित्ताहरू तत्कालिन नापी टोलीबाट मिति २०६७/२/१० हाल साविक गरिदिएका थिए ।

र मालपोत कार्यालय भक्तपुरको मि.नं ६६६ मिति २०६८/९/२६ मा साविक बालकोट २-१ का कित्ताहरुको लगन कट्टा गरि मध्यपुर ठिमी १५ मा नयाँ कायम भएका कित्ताहरूको अध्ययावधि गरेका थिए । उक्त नयाँ कायम भएका कित्ता जग्गाहरु मध्ये कित्ता नम्बर ९, १४८, २३३ र २३७ मिति २०७१/०९/०१ सिई कन्ट्रक्सनलाई बिक्री गरिसकेको छ । कित्ता नम्बर १५० र २५९ मिति २०७३/०३/०३ मा सुमेरु सिटी अस्पताललाई बिक्री गरेको देखिन्छ भने सुमेरु सिटी अस्पतालले पनि उक्त कित्ता नम्बर १५० र २५९ जग्गा मिति २०७३/०५/२० मा सिई कन्ट्रक्सनलाई बेचेको छ ।

बाबा गोरखनाथ डेभलपर्स प्रा. लि ले आफूलाई जग्गा अपुग गरी हाल साबिक गरिदिएको भनी ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नम्बर ४ जावलाखेल स्थित बाबा गोरखनाथ डेभलपर्स प्रा. लि को अख्तियार प्राप्त गरी काठमाण्डौ जिल्ला चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ (हाल ललितपुर महानगरपालिका वडा नम्बर ४ बस्ने) वर्ष ५६ का भगवती लाल कक्षपतीले मालपोत कार्यालय भक्तपुर, तत्कालीन नापी टोली तथा नापी कार्यलय भक्तपुरका विरुद्धमा उच्च अदालत पाटन हुँदै हाल सर्वोच्च अदालतमा मुद्दा नं ०७-wo-०३६० बाबा गोरखनाथ डेभलपर्स प्रा. लिले २३ रोपनी ११ आना १ पैसा १ दामको लालपुर्जा खरिद गरेको तर १८ रोपनी १४ आना १ पैसा जग्गा मात्रै प्राप्त गरेको र हालसम्म ४ रोपनी १३ आना जग्गा अपुग भएको भन्दै मुद्दा दर्ता गरेका छन् । यो सम्बन्धमा सम्मानित अदालतमा मुद्दा चलिरहेको छ ।

बाबा गोरखनाथ डेभलपर्स प्रा. लिले खरिद गरी लिएको कित्ताहरु मध्ये बालकोट २-१ कित्ता नं ११८७ क्षेत्रफल १-४ -१ जग्गा श्री ५ को सेवा विर्ता अर्न्तगत राजदरबारमा माटाका भाँडा बुझाउने मध्यको हो उक्त कित्ता जग्गा नापी कार्यालयको पल्ट रजिस्ट्ररमा मालपोत कार्यालय भक्तपुरको च. नं ७२८२ मिति २०४९/२/१६ को पत्र र मिति २०४९/१/१८ को निर्णय साबिक बालकोट २- १ का केहि कित्ताहरू बदर गरी नयाँ कायम भएको कित्ता नं १९८७ देखि १२०३ सम्म के कसरी कायम भएको भनि नापी कार्यालय भक्तपुरबाट प्राप्त विवरण हामीसँग छ ।

२०२४ सालमा पुनः नापी गरी सेवा विर्ताको कित्ता नम्बर ११८७ जग्गा छुत्याएको बालकोट २-१ को ट्रेस नक्सा हामीसँग सुरक्षित छ ।

मालपोत कार्यालय भक्तपुरले भने साविकको बालकोट २-१ को कित्ता नम्बर १२०२ (फिल्डबुकमा खोला जनिएको क्षेत्रफल १२ रोपनी ४ आना) र कित्ता नम्बर १२०३ (फिल्डबुकमा बगर जनिएको क्षेत्रफल ४ रोपनी) जग्गा गायब भएपछि मालपोत कार्यालय भक्तपुरले उक्त कित्ता हालको मध्यपुर थिमी नगरपालिका वडा नम्बर १५ को नक्सामा कहाँ पर्छ भनेर खोजी गर्न अनुरोध गर्दै नापी कार्यलय भक्तपुरलाई अनुरोध गर्दै पत्र लेखेकोमा नापी कार्यालय भक्तपुरले जवाफमा साविक बालकोट वडा नम्बर २ को २-१ कित्ता नम्बर १२०२ र १२०३ यथावत कायम रहेको उक्त कित्ता रहेको जमिनमा खेतिपाती गरेको गुगल ओभरल्यापबाट देखिएको भनी जवाफ दिएको छ ।

साविक दिव्यश्वरी गाविसमा पर्ने कित्ता नम्बर १०१२ क्षेत्रफल २८-३-२ (फिल्डबुकमा खोला जनिएको) भूमी प्रशासन कार्यालय भक्तपुरको पत्र संख्या ६५/३०/३१ मिति २०३१/०३/०१ को आदेशअनुसार कित्ता नम्बर १०१२ (फिल्डबुकमा खोला जनिएको) कित्ताकाट भै ११२० र ११२१ कायम भएको ततपश्चात कित्ता नम्बर ११२० र ११२१ विभिन्न मितिमा कित्ताकाट हुँदै आएको छ । अर्कोतिर बालकोट २-१ को कित्ता नम्बर १२०२ र १२०३ (फिल्डबुकमा खोला र खोलाको बगर उल्लेख गरिएको) जग्गा अहिले कहाँ पर्छ भनेर खोजी गर्दासमेत नापी कार्यालय भक्तपुरले स्पष्ट जवाफ दिनुको सट्टा गैरजिम्मेवार जवाफ दिएर आफू पन्छिने प्रयास गरिरहेको छ ।

साविकको बालकोट २-१ को कित्ता नम्बर १२०२ (खोला), बालकोट २-१ कै कित्ता नम्बर १२०३ (बगर) र दिव्यश्वरी २ख कित्ता नम्बर १०१२ (खोला) ओभरल्यापबाट हेर्दा खोलानै कित्ताकाट भएको प्रष्ट हुन्छ । जबकि कित्ता नम्बर १०१२ फिल्ड बुकमा खोला जनिएको जग्गा हो ।

उक्त समयमा नापी कार्यालय भक्तपुरको नापी टोली र बाबा गोरखनाथ डेभलपर्स प्रा. लि को मिलेमतोमा सार्वजनिक जग्गा निजि नाममा ल्याउन खोजिएको प्रष्ट हुन्छ । अर्कोतिर हनुमन्ते खोला दिव्यश्वरी २ख कित्ता नम्बर १०१२ क्षेत्रफल २८-३-२ कित्ताकाट भै ११२० र ११२१ कायम भएको कित्ताहरू मध्य कित्ता नम्बर ११२० क्षेत्रफल १७-१४-०-० मिति २०३१/१/२३ /३ मा जगन्नाथ आचार्यको नाममा श्रेस्ता कायम भएको देखिन्छ । आचार्यले मिति २०३५।३।६ गते कित्ता नं ११२० कित्ता कात गरी ११३० क्षेत्रफल ८-१५-० भ.पु. जि ठिमी बालकुमारी वडा नं ८ दिगुलि निवासि जगत बहादुर प्याठ र भ.पु. जि दिब्यश्वरी वडा नं ३ निवासी शिवबहादुर खत्रीको संयुक्तका नाममा रु एक हजार पाँच सयमा राजिनामा गरेका थिए ।

र कित्ता नं ११३१ क्षेत्रफल ८-१५-० बिमलि उपाध्यानीको नाउमा कायम गरेका थिए ११३१ क्षेत्रफल ८ रोपनी १५ आना आचार्यले आफ्नी धर्मपत्नी विमली उपाध्यायनी का नाममा स्रेस्ता कायम गरी सो कित्ता नम्बर ११३१ कित्ताकाट गरि कित्ता नम्बर ११३२ क्षेत्रफल १५ आना र कित्ता नम्बर ११३३ क्षेत्रफल ८ रोपनी ४ आना कायम गरिएको मालपोत कार्यलय भक्तपुरको अभिलेखबाटै प्रष्ट हुन्छ ।

साविक दिव्यश्वरी २ ख को कित्ता नम्बर ११३३ क्षेत्रफल ८ रोपनी ४ आना जग्गा धनी विमली उपाध्यायनीबाट वि. सं २०३७/११/२५ गते कित्ताकाट गरी क्रमस किता नम्बर ११३६, ११३७, ११३८, ११३९, ११४०, ११४१ र ११४२ कायम गरी कित्ता नं ११३६ क्षेत्रफल १ रोपनी ६ आना कान्छीमाया कुटुलाई ९ हजारमा रजिष्ट्रेसन पास गरेको, तेसै गरी क्रमश कित्ता नम्बर ११३७ क्षेत्रफल १ रोपनी २ आना पूर्ण कृष्ण म्हेपुलाई ६ हजारमा, कित्ता नम्बर ११३८ क्षेत्रफल १ रोपनी ८ आना कृष्ण नानी कुटुलाई ७ हजारमा, कित्ता नम्बर ११३९ क्षेत्रफल १ रोपनी ८ आना सुन कुमार कुटुलाई ८ हजारमा, कित्ता नम्बर ११४० क्षेत्रफल १० आना ३ पैसा गणेशमान कुटुलाई ४ हजारमा, कित्ता नम्बर ११४१ क्षेत्रफल १० आना ३ पैसा तुइलाल कुटुलाई ४ हजारमा र कित्ता नम्बर ११४२ क्षेत्रफल १ रोपनी २ आना २ पैसा नक्कली माया कुटुलाई ८००० मा बिक्री गरेको तथ्यसमेत भेटिएको छ ।

तेसै गरी मिति २०४८/०१/०९ मा कित्ता नं १९३० क्षेत्रफल ८ रोपनी १५ आना शिवबहादुर खत्री र जगत बहादुर प्याथले कित्ताकाट गरी कित्ता नम्बर १४२९ क्षेत्रफल २ रोपनी आफुहरु कै नाममा बाँकि राखि १४३८ क्षेत्रफल ६ रोपनी १५ आना शिव प्रसाद उप्रेतीलाई ३ लाख १२ हजार २ सयमा बकसपत्र गरी राजीनामा पास गरी शिव प्रसाद उप्रेतीले कित्ता नम्बर १४३८ कित्ता काट गरी कित्ता नम्बर १४३३ (७ आना) जगतबहादुर प्याथलाई राजिनामा पास गरी बाँकि रहेको कित्ता नम्बर १४३४ (६ रोपनी ८ आना) क्रमस कित्ता काट गरी कित्ता नम्बर १४३७ (८ आना) बद्रि नाथ उप्रेती, १४४२ (७ आना), १४४३ (४ आना), १४४५ (४ आना ) लोक नाथ सिवाकोटी, १४४६ (४ आना) बुद्धी प्रसाद उप्रेती, १४४७ (५ आना २ पैसा) उतम राज शर्मा, १४४८ (५ आना २ पैसा) प्रभा सिवाकोटी, १४४९ (८ आना) श्याम प्रसाद मैनाली, १४५१ (४ आना) सरस्वती कोईराला, १४५५ (४ आना २ पैसा) मिना देवी ठाकुर, १४७१ (६ आना) सीता देवी बुर्लाकोटी, १४८७ (६ आना) शकुन्तला श्रेष्ठ, १४९१ (७ आना) निर्मलादेवी श्रेष्ठ, १५१५ (४ आना) भगवती थापा, १५५३ (६ आना) र १५५४ (६ आना) भावना गौतम भट्टराई आदि व्यक्तिहरुलाई शिव प्रसाद उप्रेती बाट बिभिन्न ब्यक्तिहरुलाई बिक्री गरेका थिए ।

दिव्यश्वरी २ख कित्ता नम्बर १०१२ क्षेत्रफल २८ – ३-२ कित्ताकाट भै १९२० र ११२१ कायम भएको कित्ताहरू मध्य कित्ता नम्बर ११२० क्षेत्रफल १७- १४-०-० जगन्नाथ आचार्यको नाममा श्रेस्ता कायम भए पश्चातका कित्ताकाट भएका कित्ताहरुको विवरण हामीसँग सुरक्षित छन् ।

उक्त कित्ताहरूमध्ये कित्ता नं १९५८ क्षेत्रफल ०-६-० पुर्ण विर सी प्याठ, कित्ता नं ११५९ क्षेत्रफल ०-१०-१ पूर्ण कृष्ण म्होपु, कित्ता नं ११३८ क्षेत्रफल १-८-० कृष्ण नानी कुटु र कित्ता नं १४२९ क्षेत्रफल २-०-० जगत बहादुर प्याठ र शिव बहादुर खत्री संयक्त नाउमा रहेको कित्ताहरु बाहेक सम्पुर्ण कित्ताहरू हाल साबिक भएको साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको च नं Div 2957 मिति २०७८/४/३१ गतेको दिव्यश्वरी २ ख कित्ता नं १०१२ क्षेत्रफल २८-३-२ खोलाबाट कित्ता भएको कित्ता नं ११२० क्षेत्रफल १७ – १४ – ० बाट कित्ता कात भएका सम्पुर्ण कित्ताहरू रोक्का राखिदिने भनि मालपोत कार्यालयर र नापी कार्यालय भक्तपुरलाई पत्राचार भए पश्चात नापी कार्यालय भक्तपुरको च.नं ५२६८ मिति २०७९/१/११ गते श्री भुमिसुधार तथा मालपोत कार्यालय भक्तपुरलाई दिव्यश्वरी २ ख कित्ता नं १०१२ क्षेत्रफल २८-३-२ कित्ता काट भएका सम्पुर्ण कित्ताहरूको विवरणसमेत पठाएको देखिन्छ ।

त्यसैगरी मालपोत कार्यालय भक्तपुरको च.नं १०२७१ मिति २०७९।१२।५ गते अख्तियार
दुरुपयोग अनुसन्धान आयोगलाई दिव्यश्वरी २ ख कित्ता नं १०१२ क्षेत्रफल २८-३-२ खोला कित्ताकाट भएको विषयमा रायसहितको प्रतिवेदनसमेत पठाएको देखिन्छ ।

बाबा गोरखनाथ डेभलपर्स प्रा. लिले साविक बालकोट २-१ कित्ताहरू भिडाई खोला पारी दिव्यश्वरी २ ख (हाल मध्यपुर थिमि नगरपालिका १५) मा हाल साबिक गर्दा साविक बालकोट २-१ को कित्ता नं १२०२ र १२०३ सार्वजनिक जग्गाहरु लोप भएको भनि भुमिसुधार तथा मालपोत कार्यालय भक्तपुरले च.नं ५८० २ मिति २०७९/०८/२७ मा नापी कार्यालय भक्तपुरलाई एकिन व्यहोरा खुलाई पठाइदिने बारे भनि पत्र समेत लेखिएको देखिन्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट बालकोट २-१ कित्ता नं १२०२ र १२०३ लगाएतका सार्वजनिक जग्गाहरूको छानबिनको लागि पटक पटक भुमिसुधार तथा मालपोत कार्यालय भक्तपुरलाई पत्राचार समेत गरेको देखिन्छ र भुमिसुधार तथा मालपोत कार्यालय भक्तपुरको च.नं १२४७० मिति २०८०/१/२६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उक्त सम्पुर्ण बिषयको जानकारी समेत पठाएको देखिन्छ ।


रवि धिताल