काठमाडौं महानगरमा शुक्रबार शोक बिदा



काठमाडौं । काठमाडौं महानगरपालिकाले भोली शोक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार काठमाडौं महानगरपालिका वडा १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको निधन भएपछि महानगरपालिकाले शोक बिदा दिने निर्णय गरेको हो ।

महानगरका प्रशासन विभागका प्रमुख दिपक अधिकारीका अनुसार वडा– १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले शोक बिदा दिइएको हो ।

शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयहरु बन्द रहनेछन् । वडा अध्यक्ष रिजालको आज बिहान ७ः३० बजे काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा भाइरल निमोनियाबाट निधन भएको छ ।


क्लिकमान्डु