एसवाई प्यानलको वार्षिक कारोबार ५० करोड



काठमाडौं । एसवाई प्यानलले यो वर्ष व्यापार बढाउने भएको छ । कम्पनीले सन् २०२३ मा ५० करोडको कारोबार गर्ने जनाएको छ ।

कम्पनीले सन् २०२२ मा ४१ करोड ६० लाखको व्यापार गरेको थियो । कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा कम हो । अघिल्लो वर्ष एसवाई प्यानलले ४५ करोड ५० लाखको व्यापार गरेको थियो ।

प्रतिकूल आर्थिक अवस्थाको बाबजुद यो वर्ष कम्पनीले व्यापार बढ्ने प्रक्षेपण गरेको छ । कम्पनीले सन् २०२३ मा ५० करोड ५० लाखको व्यापार गर्ने अनुमान गरेको हो ।

विगत वर्षहरुको तुलनामा कम्पनीको व्यापारमा भने उल्लेख वृद्धि भएको हो । सन् २०२० मा कम्पनीको व्यापार १४ करोड १० लाख रुपैयाँको थियो भने कम्पनीले १९ मा २४ करोड ३० लाखको व्यापार गरेको थियो ।

सन् २०१७ जुलाईदेखि सञ्चालनमा आएको संस्थाले ईपीएस, पफ, स्यान्डविच प्यानल, यूपीभीसी विन्डो, स्टिल डुअरलगायतका सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीको उत्पादन क्षमता ५३ लाख ८० हजार वर्गफिट स्यान्डविच प्यानल, यूपीभीसी विन्डो ६ हजार थान, तथा स्टिल डुअर ७ हजार ५ सय थान छ ।

एसवाई प्यालन नेपाल दक्षिण कोरियाको एसवाई कम्पनी लिमिटेडको सहायक कम्पनी हो, जसले ६३ प्रतिशत सेयर हिस्सा लिएको छ। यसको बाँकी अधिकांश हिस्सा पनि कोरियाली नागरिकसँगै छ । चितवनको रत्ननगरमा प्लान्ट रहेको कम्पनीका देशभर ५२ वटा डिलर छन् ।

इक्राले कम्पनीलाई आईसीआरएएनपी आईआर डबल बी रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्वहरु समयमै पूरा गर्ने मध्यम स्तरको जोखिमलाई संकेत गर्छ ।


क्लिकमान्डु