पूर्वयुवराज पारस शाह अस्पताल भर्ना



काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । मुटुमा असहज भएपछि शाहलाई शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको हो ।

छाती दुख्ने समस्या भएर उनी अस्पताल भर्ना भएका हुन् । परीक्षणका क्रममा खासै गम्भीर समस्या नदेखिएको अस्पताल प्रशासनले जनाएको छ ।

यसअघि पनि शाहलाई मुटुमा समस्या देखिएकाले २४ घन्टा सुपरिवेक्षणका लागि अस्पताल भर्ना गरिएको चिकित्सकले जनाएका छन् ।

पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र श्रीमती एवं पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् ।


क्लिकमान्डु