प्रिमियम मूल्यमा सिटिजन लाइफको आईपीओ निष्कासन



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आजदेखि साधारण सेयर निष्कासन गरेको छ ।

कम्पनीले १ अर्ब १२ करोड ५० लाख रुपैयाँको आईपीओ निष्कासन गरेको हो । जसमा अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २४४ रुपैयाँका दरले १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गरेको हो ।

जसमा ११ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको छ भने ५ लाख ६२ हजार ५०० कित्ता सेयर कर्मचारी र ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित छुट्याएको छ । सर्वसाधारणले बाँकी रहेको ९० लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन सकिने छ ।

आवेदनकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।


क्लिकमान्डु