टुन्डी कन्स्ट्रक्सनको व्यापार २ अर्ब ८४ करोड, १८ अर्बको काम गर्दै, १३ अर्ब ऋण



काठमाडौं । टुन्डी कन्स्ट्रक्सन प्रालिको व्यापारमा कमी आएको छ । कम्पनीको व्यापारमा आर्थिक वर्ष २०२१ यता निरन्तर कमी आइरहेको हो । २०२१ मा कम्पनीले ३ अर्ब १३ करोड ८८ लाख रुपैयाँको व्यापार गरेको थियो । त्यसपछि २०२२ मा कम्पनीको व्यापार ३ अर्ब १२ करोड ६९ लाख रुपैयाँको थियो ।

२०२३ मा भने कम्पनीले २ अर्ब ८४ करोड २७ लाखको मात्रै व्यापार गरेको छ । २०१९ पछिको पहिलो वर्ष गिरावट भएको कम्पनीको व्यापार पुनः गतिशिल हुँदै गर्दा २०२३ मा भने गिरावट देखिएको हो ।

२०१९ मा कम्पनीको व्यापार ३ अर्ब २४ करोड ७४ लाख रुपैयाँको थियो भने २०२० मा यसमा गिरावट आएर २ अर्ब ४३ करोड ६१ लाखको व्यापार भएको थियो ।

सन् १९८४ मा स्थापना भएको यो कम्पनी नेपालकै ठूलो र स्थापित कन्स्ट्रक्सन कम्पनी हो । कम्पनीको अध्यक्ष ऋषिप्रसाद सुवेदी रहेका छन् । त्यस्तै, कम्पनीको स्वामित्व पनि सुवेदी परिवारमा नै रहेको छ ।

यो कम्पनीले नेपालका ठूला सडक, पुल, सिचाँई परियोजनालगायतका कार्यहरु गर्दै आएको छ । २०२३ मा व्यापारमा गिरावट भएर २ अर्ब ८४ करोडको मात्रै व्यापार गरेको कम्पनीसँग हाल १८ अर्ब बराबरको ठेक्का रहेको छ, जुन पूरा हुन बाँकी छ ।

हाल भने कम्पनीले १३ अर्ब ९३ करोड ८२ लाख रुपैयाँको ऋणका लागि रेटिंग गराएको छ । रेटिंग एजेन्सी इक्राले कम्पनीलाई ८२ करोड ८ लाख कोषमा आधारित दीर्घकालिन कर्जाका लागि एलबिबि प्लस रेटिंग दिएको छ । त्यस्तै, बाँकी १३ अर्ब ११ करोड ७४ लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि भने एजेन्सीले कम्पनीलाई ए फोर प्लस रेटिंग दिएको छ ।


क्लिकमान्डु