‘एशियन कन्क्रिटो’को व्यापार बढ्यो, ४२ करोडको कारोबार



काठमाडौं । एशियन कंन्क्रिटो प्रालिको व्यापारमा बृद्धि भएको छ ।

कम्पनीले व्यापार आर्थिक वर्ष २०२० मा २३ करोड रुपैयाँ थियो । २०२१ मा कम्पनीले ३२ करोड ५० लाखको व्यापार गरेको थियो । २०२२ मा भने कम्पनीले ३५ करोड २० लाखको व्यापार गरेको छ । त्यस्तै, २०२३ मा कम्पनीको व्यापार ४२ करोड रुपैयाँ रहेको छ ।

सन् २०१६ मा सुरु भएको यो कम्पनीले विभिन्न कन्क्रिटका सामानहरुको उत्पादन गर्छ । वार्षिकरुमपा १ लाख ४४ हजार मेट्रिक टन सामानको उत्पादन गर्ने कम्पनीले कन्क्रिटका पेभर्स, कर्भस्टोल, हलो ब्रिक्स (एक प्रकारको इट्टा) को उत्पादन गर्दै आएको छ ।

कम्पनीको कारखाना नवलपरासीको हकुई क्षेत्रमा रहेको छ । नेपालमा उच्च व्यापारिक घराना, रुगंटा समूह, केडिया समूह र सिद्धार्थ समूहको सामुहिक लगानी रहेको कम्पनीको साझेदार पाँच जना रहेका छन् ।

कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशकमा मनिस रुंगटा छन् भने सञ्चालकहरुमा, राजेश अग्रवाल, मनोज केडिया, गौरब अग्रवाल र आकाश जाटिया छन् ।

कम्पनीले ७८ करोड रुपैयाँ बराबरको कर्जाको रेटिङ गराएको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ६६ करोड रुपैयाँ दीर्घकालिन कर्जा सुविधामा एलबिबि र अल्पकालिन कर्जा सुविधामा १२ करोडका लागि ए फोर रेटिङ दिएको छ ।


क्लिकमान्डु