त्रिशूली बस दुर्घटना अपडेट: ८ जनाको शव झिकियो



मलेखु । त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खस्दा उनीहरुको ज्यान गएको हो ।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं बस अनियन्त्रित भई त्रिशूली नदीमा सडकबाट नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङले दुर्घटनास्थलमा ८ वटा शव भेटिएको जनाएको छ । १५ जना भन्दा बढी घाइतेको उद्धार गरिएको छ ।


क्लिकमान्डु