करिब सवा ६ अर्ब ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल



काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ ।

केन्द्रीय बैंकले ९१ दिन र ३६४ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । केन्द्रीय बैंकले ९१ दिनको लागि ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी जारी गर्ने भएको छ ।

यो ट्रेजरी बिल मंसिर ५ गते परिपक्व हुनेछ । ३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी बिल २०८१ भदौ ४ गते परिपक्व हुनेछ ।

यो भोली जारी हुने छ । त्यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । ट्रेजरी बिल धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

यो ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिका लागि सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने अल्पकालीन सरकारी ऋणपत्र हो । यसको अवधि २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने हुने गर्दछ ।


क्लिकमान्डु