गत वर्ष ७.७४ प्रतिशत महँगी, अघिल्लो वर्षभन्दा १.४२ प्रतिशले बढी



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा महँगी ७.७४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले देशको वर्तमान आर्थिक अवस्था सार्वजनिक गर्दै गत आर्थिक वर्षमा महँगी ७.७४ प्रतिशतले बढेको जनाएको हो ।

अघिल्लो आर्थिक वर्षमा महँगी ६.३२ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार गत वर्ष खाद्य तथा पेय पदार्थको मूल्य ६.६२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष खाद्य तथा पेय पदार्थको मुल्य ५.६९ प्रतिशतले बढेको थियो ।

गत वर्ष गैर खाद्य पदार्थको मुल्य ८.६२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष गैर खाद्य पदार्थको मूल्य ६.८३ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार काठमाडौँ उपत्यकामा महँगी ७.५५ प्रतिशतले वढ्दा तराईंमा ८ प्रतिशत, पहाडमा ७.५६ प्रतिशत र हिमालमा ७.१२ प्रतिशतले महँगी बढेको छ ।

गत वर्ष सबैभन्दा धेरै होटल तथा रेष्टुरेन्टको मुल्य १४.४२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

दोस्रो धेरै यातायात क्षेत्रको मूल्य १३.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । तेस्रो धेरै मसलाको मूल्य १२.५ प्रतिशतले भएको छ । गत वर्ष तरकारीको मूल्य ०.९२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । सबै भन्दा कम मूल्य सञ्चार क्षेत्रको मूल्य वृद्धी १.३२ प्रतिशतले भएको छ ।

चालू आर्थिक वर्षमा सरकारले मूल्य वृद्धी ६.५ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिएको छ ।


क्लिकमान्डु