गरिमा विकास बैंकको ११.९९ प्रतिशत फिक्स्ड ब्याजदर कर्जा योजना
काठमाडौं । गरिमा विकास बैंकले ११.९९ प्रतिशत फिक्स्ड ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा योजना सार्वजनिक गरेको छ ।
हरेक नेपालीको ‘आफ्नै घर-आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्यसहित बैंकले फिक्स्ड कर्जा योजना सार्वजनिक गरेको हो ।
कर्जासम्बन्धी सम्पूणर् कागजात पेस गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म निश्चित ११.९९ प्रतिशत रहनेछ ।
११.९९ प्रतिशतको निश्चित तथा आकर्षक ब्याजदरमा घर खरिद वा निर्माण गर्नका लागि गरिमा सरल घर कर्जा र व्यवसाय उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनका लागि गरिमा सरल एसएमई आवधिक कर्जा सुविधा लिन सक्नेछन् ।
हाल गरिमा विकास बैंकले देशभरका १२१ शाखा कार्यालय, ५० एटीएम र डिजिटल बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ ।